पवित्रा खड्का
साउन २७, अछाम ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “परिवर्तनका संवाहक युवा” विषयक वक्तृत्वकला प्रतियोगिता मंगलसेनमा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला युवा सञ्जाल अछाम, अछाम जेसिज वर्ष २०२६ तथा नगर युवा सञ्जाल मंगलसेन, अछामको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयबाट १३ जना विद्यार्थीले भाग लिएका थिए ।
यसमा षोडशा माध्यमिक विद्यालयका युनिक केसी प्रथम, लक्ष्मण बोहरा दितिय, जेनिशा भाट तृतिय र तोरण रेग्मी सान्त्वना भएका छन ।
अछाम जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी झनक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अछाममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र सिह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पविन्द्र बम, शिक्षा विकास तथा समन्वय ईकाइ अछाममा प्रमुख अम्बादत्त जोशी, मंगलसेन नगरपालिका ५ का अध्यक्ष झकर प्रसाद भाट, ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक भण्डारी, षोडशा माविका निवर्तमान प्रधानाध्यापक बृकेश सिह बोगटी, नागरिक समाज अछामका अध्यक्ष संकर रावल, पत्रकार महासंघ अछामका वरिष्ठ उपाध्यक्ष टेक बहादुर थापा, युवा संजालका पुर्व अध्यक्ष होम बहादुर साउद, उपाध्यक्ष मेनुका ढुगाना, नेपाल रेडक्रस शोसाईटी जिल्ला सदस्य धन कुमार केसिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य अधिकृत बखजन खड्का, अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, २०२४ का अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय, रेडियो शोसाईटी अछामका स्टेशन म्यानेजर पुजा शाही अतिथि रहनु भएको थियो ।
मंगलसेन नगरपालिका, अछाम, KOICA, Good Neighbors International, WAC, UNFPA, नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखाको समन्वय तथा सहकार्यमा भएको कार्यक्रममा प्रथमलाई नगद ५ हजार सहित प्रमाणपत्र, दितियलाई ३ हजार ५ सय सहित प्रमाणपत्र, तृतियलाई २ हजार ५ सय सहित प्रमाणपत्र, सान्तवनालाई १ हजार ५ सय सहित प्रमाणपत्र सहित सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
अछाम जेसीज बर्ष २०२६ का महासचिव आनन्द साउदले जेसीज आस्था पाठ तथा मंगलसेन नगर युवा संजालका अध्यक्ष श्याम सुन्दर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला युवा संजाल अछामका अध्यक्ष तथा जेसीज अछाम बर्ष २०२६ का कोषाध्यक्ष कमल रावलले गर्नु भएको थियो ।



















प्रतिक्रिया