मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुण्यतिथिको अवसरमा मंगलसेनमा रक्तदान कार्यक्रम

पुण्यतिथिको अवसरमा मंगलसेनमा रक्तदान कार्यक्रम


राजयोगिनी दादी प्रकाशमणी ज्युको १९औँ पुण्यतिथिको अवसरमा आइतबार मंगलसेनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्वबन्धुत्व रक्तदान महाअभियान अन्तर्गत ब्रह्मकुमारी विश्वविद्यालय, अछामको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको भएको हो ।

ब्रह्मकुमारी विश्वविद्यालय अछामका प्रमुख कविता कठायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनुभएको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति उपप्रमुख दानमती बम शाही रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले पवित्र हृदय र मनले भगवानप्रती आस्था राखेमा जिवनमा आईपर्ने संकटको सामना गर्न सकिने बताउनुभयो । समय जती नै परिवर्तनशिल भएपनि परम्परादेखि चल्दै आएका धर्म–संस्कृती, परम्परा, चालचलन, रीतीरिवाज बिर्सन नहुने भन्दै उहाँले आज मानव जिवनमा राम्रो र सकारात्मक काम गर्न सक्ने पवित्र आत्मा भएका मानिसहरुलाई मात्र भोलीको पुस्ताले सम्झीरहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शाहीले पनि जिवनमा आईपर्ने संकटको समयमा इश्वरप्रतीको विश्वास र भरोसा टुट्न नदिए त्यस्ता समस्याको ढीलोचाँडो हल निस्कने आफ्नो अनुभव रहेको सुनाउनुभयो । यस्तै राजयोगिनी दादी प्रकाशमणी ज्युको १९औँ पुण्यतिथिको अवसरमा उहाँप्रति श्रद्धासुमन प्रकट गर्दै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले स्वस्थ जिवनशैली, स्वास्थ्य, शान्ति र सफलताका लागि आध्यात्मिक ज्ञानप्रतिको झुकाव र विश्वास आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पविन्द्र बहादुर बम, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुंगाना, विभिन्न क्षेत्रका सरोकारवाला प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत स्थानीयको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । दाताबाट विभिन्न रक्त समूहका १० युनिट रगत संकलन गरिएको हो ।