काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा महाकवि देवकोटाको घर भएको स्थानमा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले ‘राम्रो कामका लागि घर भत्काएको होला भन्ने विश्वास रहेको’ प्रतिक्रिया दिइन् । “एकेडेमीमा सबै बुद्धिजीवी…