मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सतमार्गी पाईला जिवनकै हो नि रोकेर के गर्छौ

सतमार्गी पाईला जिवनकै हो नि रोकेर के गर्छौ


अमरदीप शर्मा

मन भरिदैन सोधेर के गर्छौ अनि खोजेर के गर्छौ
ओलाईजाने त्यै फुलमा जवानि जोखेर के गर्छौ

पहिरो बानी बनी सकेपछी अडिएको यै पहाडको
सुन्दरफुल सजाउने सपना त्यै पनि पोखेर के गर्छौ !

कडा अधिकार धिक्कार हुन्छ सङ्गतको लयमा
सतमार्गी पाईला जिवनकै हो नि रोकेर के गर्छौ

भोलि बिर्सिदेउ सके छल्न सिक अरुको भावमा
नङ्गिदै बर्सिने त्यै पानी अब बोकेर के गर्छौ !

लय अनुबद्व छैन मेरो अरुको रागमा हजुर
परिश्रमका अनौठा गुण हुन टोकेर के गर्छौ !