मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमीले कोरेका पेन्टिङलाई वरिपरि राखेर गरिएको श्रृतिको फोटोसुट भाइरल

प्रेमीले कोरेका पेन्टिङलाई वरिपरि राखेर गरिएको श्रृतिको फोटोसुट भाइरल


बलिउड । दक्षिण भारतीय चलचित्रकी सुपरस्टार अभिनेत्री श्रृति हसनको पछिल्लो फोटोसुटका फोटोहरूले अहिले खुबै चर्चा पाइरहेको छ । उनी पछिल्लो समय बलिउडमा पनि आफ्नो सुन्दरता र अभिनयको जादु देखाइरहेकी छन् । 

अभिनेत्री श्रृतिले प्रेमी शान्तनु हजारिकाले कोरेका रङ्गीबिरङ्गी पेन्टिङ वरिपरि राखेर ग्लामरस फोटोसुट गराएकी हुन् । मरुन रङको याकलेस स्ट्रेँज ड्रेसमा श्रृति निकै बोल्ड र सुन्दर देखिएकी छन् । इन्स्टाग्राममा १६.८ मिलियन फलोअर्स भएकी श्रृतिले आफ्नी यी तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा लाईक अनि कमेन्टको वर्षा भैरहेको छ । 

Duber nepal
Agani Group

फोटो सेयर गर्दै श्रृतिले लेखेकी छन्, “चार भित्ताभित्र हामी स्वर्ग बनाउछौँ । जुन हाम्रो लागि महत्वपूर्ण छ र वास्तवमा यही हाम्रो संसार हो । रङमा डुबेका, तारहरूमा लपेटिएको, जनावरहरूको खुट्टाको निशानी भएको प्रिन्ट, यी नै स–साना चीजहरू नै बिल्डिङलाई घर बनाउँछ । गाह्रो भन्दा गाह्रो समयमा आफ्ना लागि स्वर्ग आफैँ बनाउनुपर्छ ।” अन्तिममा उनी थप्छिन्, “शान्तनु हजारिकाको कला र मेरो नराम्रो जोक्स ।”

उनका यी फोटोहरूमा हालसम्म ४२ लाख भन्दा बढीले लाइक गरिसकेका छन् । 

अभिनेत्री श्रृतिका प्रेमि शान्तनु दिल्लीका डुडल आर्टिस्ट हुन् । उनको इन्स्टाग्राम बायोका अनुसार उनले सन् २०१४ मा ‘बेस्ट डुडल आर्टिस्ट’ अवार्ड पनि पाएका थिए । नवभारत टाइम्सबाट