गजल – १ कोही भन्छन् ढिलो भो कोही भन्छन् चाँडो भो तात्तो न छारोको जिन्दगी आफैंलाई घाँडो भो । माग्नेलाई सहयोग गर्यो लिएकै छैन भन्छन् यहाँ खुला हात राख्नु बेकार त्यही मन काँडो भो । सघाउनेलाई पराइ ठान्ने कस्तो बैरी मन भाको उदारता कमजोरी रैछ त्यही अहिले ठाँडो भो । वासना लिने चाह छैन फूल रोप भन्ने धेरै झपारेरै…