मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस नेपालको फाइनल मंसिर २० गते

मिस नेपालको फाइनल मंसिर २० गते


काठमाडौं । मिस नेपाल २०२० को फाइनल मंसिर २० गते हुने भएको छ । कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल मंसिर २० गते हुने भएको हो ।  केहीदिन अगाडि काठमाडौं अडिसन सम्पन्न गरिसकेको आयोजक हिडन ट्रेजरले फाइनलको तयारी सुरु गरिसकेको जनाएको छ ।

प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिए । “यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं ।

अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,” अध्यक्ष दिवाकरले भने, “पब्लिकमा गएर प्राक्टिकलरुपमा गरिने क्रियाकलापबाहेक अन्य सबै गतिविधि तथा तालिमहरु यो वर्ष हुनेछन् र भइरहेका छन् ।” अन्य वर्ष तीनदिन रेसिडेन्सियल तालिम गराउने आयोजकले यो वर्ष १५ दिन होटलमा राखेर प्रतिस्पर्धीलाई ट्रेनरबाट तालिम दिने छ । 

यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् । दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन् । कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ । 

“फाइनल स्टेज निर्माण गरेर पहिलाको जस्तै फिजिकल रुपमा निर्णायक राखेर नै गरिने छ,” दिवाकार भन्छन्, “मात्रै यो वर्ष स्टेजमा दर्शक हुने छैनन् । बाँकी अन्य कुरामा हामी कुनै सम्झौता गर्ने छैनौं । प्राइज मनी पनि घटाएका छैनौं । शो को स्टान्टर र इमेज मेन्टेन गर्न पनि हामी कुनै पनि पक्षमा सम्झौता गर्दैनौं ।”

हिडन ट्रेजरले कोरोना संक्रमणको जोखिम सुरु हुनुभन्दा अगाडि नै काठमाडौं बाहेक मुलुकका अन्य आठ सहरमा अडिसन लिएको थियो । कोरोनाका कारण केही महिना रोकिएको प्रतियोगिता पुनः सुरु भएको हो । 

तस्बिरः हिडन ट्रेजरको अफिसियल वेबपेजबाट