अछामी रेखाको निर्देशनमा रुप रावलको कसो पोई पावल्ली सार्वजनिक (भिडियो सहित)
अछाम । देउडा गायक रुप रावलको देउडा गित कसो पोई पावल्ली सार्वजनिक भएको छ । सुदूर धमाका म्यूजिक प्रा.लीको ब्यानरमा गित सार्वजनिक भएको हो ।
गितमा समाजका विभिन्न परिवेशका परिघट्नाहरुलाई गित मार्फत प्रस्तुत गरिएको छ । रुप रावलले आफ्नै लय तथा श्वरमा गित सार्वजनिक गरेका हुन् भने उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् ।
कलाकार भिम बिष्ट अछामी रेखा थापाको निर्देशनमा बनेको भिडियोमा उनले आफै अभिनय गरेका छन् भने उनलाई सुस्मीता कुवँर, अशोक रावल र पश्चिमा बलमे साथ दिएका छन् ।
टंक रावलका शब्द रहेको गितको एरेञ्जरमा कृष्ण लामिछाने रहेका छन् भने भिडियो रबी आउजीले छायांकन गरेका हुन् ।