अछाम - जिल्लामा बिहिबार थपिएका कोरोना संक्रमितलाई अस्पताल नल्याई क्वारेण्टाईन स्थलमै आईसोलेसन बनाएर राखिने भएको छ । जिल्ला अस्पताल र बयालपाटा अस्पतालको आईसोलेसन कक्षमा ठाउँ नहुने र उनीहरुको अबस्था सामान्य रहेका कारण हालकै क्वारेण्टाईनमा आईसोलेसन वार्ड बनाएर राखिने भएको हो। स्वास्थ्य कार्यालय अछामको परिपत्र अनुसार उनीहरुलाई क्वारेण्टाईनमै आईसोलेसन बनाएर उपचार गरिने सूचना अधिकारी देव जोशीले…