कैलाली- धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-१३, राजपुरमा शुक्रबार राति दुई युवा समूहबीच खुकुरी प्रहार हुँदा स्थानीय दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। घटनामा गम्भीर घाइते एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता प्रतीक विष्टले…