काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई पर्वका रूपमा मनाउन आग्रह गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा मनाउन आग्रह गरेकी हुन् । “गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल…