काठमाडौं । एकीकृत समाजवादीले पुराना चार मन्त्री फिर्ता गर्दै नयाँ मन्त्री सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीका एक नेताले दिएको जानकारीअनुसार उक्त नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिएको छ । जसमध्ये पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ रहनेछन् भने श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ । उपमहासचिव विजय पौडेलले दिएको जानकारीअनुसार भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाइने भएको…