मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. भिम रावलकै वडामा एमाले पराजित, स्वतन्त्र उम्मेद्धार बोहोरा बिजयी

डा. भिम रावलकै वडामा एमाले पराजित, स्वतन्त्र उम्मेद्धार बोहोरा बिजयी


अछाम। नेकपा एमालेका नेता डा. भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार बिजयी भएका छन्।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

गोलाप्रथाबाट भएपनि स्वतन्त्र उम्मेद्धार बोहराले एमालेका उम्मेद्धार बिष्टलाई पराजित गरे । स्वतन्त्र उम्मेद्धार बोहरा एमालेबाट वडाको टिकट नपाए पछि स्वतन्त्र बाट चुनाव लडेका थिए ।

दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए।