मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कांग्रेस बन्यो सबैभन्दा ठुलो दल

अछाममा कांग्रेस बन्यो सबैभन्दा ठुलो दल


अछाम : अछाम जिल्लामा नेपाली कांग्रेस सबै भन्दा ठुलो दल बनेको छ । १० वटा पालिका रहेको अछाम जिल्लामा ७ पालिका प्रमुख र ४ उपप्रमुख जितेर कांग्रेस जिल्लामा ठुलो दल भएको हो ।

१० स्थानिय तह मध्ये ४ नगर र ६ गाँउपालिका रहेको अछाम जिल्लाका ३ नगरपालिकामा र ४ गाँउपालिकामा कांग्रेसले प्रमुख पदमा बिजयी हासिल गरेको छ । यस्तै १ नगरपालिकामा उपप्रमुख ४ पालिकामा उपाध्यक्षमा समेत जित हासिल गरेको छ । कांग्रेसले ११ स्थानमा आफुलाई सुरक्षित गरेको छ ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा कांग्रेस सुदूरपश्चिम सहमहामन्त्री तथा यसअघिका उपप्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकामा महाधिबेशन प्रतिनिधी यज्ञ प्रसाद ढकाल र साँफेबगर नगरपालिकामा महाधिबेशन प्रतिनिधी राजेन्द्र कुवँर बिजयी भएका छन् । पञ्चदेवल बिनायक नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै हर्क बहादुर रावल बिजयी भएका छन् ।

६ गाँउपालिका मध्ये ढकारी गाँउपालिकाको अध्यक्षमा कांग्रेस जिल्ला सचिव प्रकाश साँउद, उपाध्यक्ष नेत्रकला शाही, बान्नीगढी जयगढ गाँउपालिकामा अध्यक्ष टेक बहादुर साँउद, रामारोशन गाँउपालिकाको अध्यक्षमा मान बहादुर साँउद, मेल्लेख गाँउपालिकाको उपाध्यक्षमा नृप बहादुर खड्का र चौरपाटी गाँउपालिकाको अध्यक्षमा भिम बहादुर साँउद र उपाध्यक्षमा सर देबि खड्का बिजयी भए ।

जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिका र तुर्माखाँद गाँउपालिकाका दुबै पदमा भने एमाले बिजयी भएको छ । मंगलसैन नगरपालिकामा यसअघिका नगर प्रमुख पदम बोहरा नै दोहोरिए भने उपप्रमुखमा संगिता रावल सोडारी बिजयी भईन् । तुर्माखाँद गाँउपालिकामा एमाले अछामका जिल्ला उपसचिव डम्बर बिसी अध्यक्ष र जिल्ला सदस्य बिमला शाही उपाध्यक्षमा निर्वाचित भए ।

यता कमलबजार नगरपालिकाको उपप्रमुखमा भने एमालेका सारदा बिष्ट कुवँर बिजयी भईन् । यस्तै बान्नीगढी जयगढ गाँउपालिकाको उपाध्यक्षमा एमालेकै बिन्दु रावल बिजयी भईन् । यसरी नगर प्रमुख उपप्रमुख र पालिका अध्यक्ष उपाध्यक्ष गरी एमालले ६ स्थानमा बिजयी भएको छ ।

जिल्लाको मेल्लेख गाँउपालिका अध्यक्षमा भने माओवादीका ज्वाला सिंह साँउद बिजयी भए । यस्तै रामारोशन गाँउपालिकाको उपाध्यक्षमा समेत माओवादी कै सृजना बुढा बिजयी भईन् । माओवादीले २ स्थानमा जित हासिल गर्यो भने नेकपा एकिकृत समाजवादी भने एक स्थानमा खुम्चिएको छ । उसले कांग्रेस संग गठबन्धन गरेर जिल्लाको साँफेबगर नगरपालिकाको उपप्रमुखमा बिजयी हासिल गरेको छ । उपप्रमुखमा समाजवादीका शिलोज कुवँर बिजयी भए ।

अछाम नेकपा एमालेका नेता पूर्व उपप्रधान तथा गृह मन्त्री डाक्टर भिम रावलको जिल्ला हो । रावलको जिल्लामा यसपटक नेपाली कांग्रेसले कब्जा जमाएको छ ।