मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका उपसभापति ढुङ्गानाद्वारा दोस्रो पटक पदबाट राजीनामा 

कांग्रेस अछामका उपसभापति ढुङ्गानाद्वारा दोस्रो पटक पदबाट राजीनामा 


अछाम : नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुङ्गानाले उपसभापति पदबाट पुन राजीनामा दिएका छन ।

सदरमुकाम रहेको मङ्गलसेन वडा न ५ मा नेपाली काँग्रेसका उम्मेदवारले ठुलो मतान्तरले पराजय भोग्नु परेको भन्दै उपसभापति पदबाट राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरेका छन । 

२०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा सभापति र उपसभापति हुँदाहुँदै फराकिलो मतान्तरले पराजय भोग्नुपरेकाले आफूले नैतिक रुपमा पदबाट राजीनामा दिएको ढुङ्गानाले एक वक्तव्य मार्फत जानकारी गराएका छन । 

पार्टी हारको बिषयलाइ लिएर पार्टी सभापतिको एकोहोरो षडयन्त्रले म उपसभापतिलाई मात्र दोषारोपण गर्न खोजिएकाले एक नैतिकवान् राजनीतिज्ञले यही पदमा बसिरहन उचित नठानेकाले पदबाट राजीनामा दिएको उपसभापति ढुंगानाको भनाई छ ।

वडाको भएको चुनावको मतपरिणाम आफ्नो पक्षमा पार्न नसक्दा आफूले नैतिक रुपमा राजीनामा दिएको बताउँदै ढुङ्गानाले यसबाट पर्न गएको असरप्रति शुभचिन्तक हरुसंग माफी समेत मागेका छन । साथै उपसभापति ढुङ्गानाले नैतिकता भएका अन्य ठुला पदमा बसिरहेकाहरूले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए ।

यसभन्दा अघि पनि पार्टी विधि र विधानमा सञ्चालन हुन नसकेको भन्दै उनले राजीनामा दिएका थिए । ढुङ्गाना २०७८ सालमा सम्पन्न भएको पार्टीको जिल्ला अधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपसभापति पदमा निर्वाचित भएका थिए । 

ढुङ्गानाले नैतिकताका आधारमा राजीनामा दिएको बताए पनि काङ्ग्रेसकै केहि अगुवाले भने मंगलसैन नगरपालिकामा नेपाली काँग्रेसलाई पराजित गर्न भूमिका खेलेका कारण पार्टीबाट कार्वाहिको तयारी भएपछि उनले राजीनामा दिएको दाबी गर्दै आएका छन् । Bannigadhi today

विज्ञप्ति:-