मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावलको नगर गठबन्धनले खोस्यो, एमाले ३ वडामा सीमित 

भीम रावलको नगर गठबन्धनले खोस्यो, एमाले ३ वडामा सीमित 

सुदूर आज

अछाम। नेकपा एमालेका नेता भीम रावलको नगरपालिमा एमाले पराजित भएको छ।

यसअघि एमालेले जितेको साँफेबगर नगरपालिकामा यसपटक मेयरमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

भर्खरै सम्पन्न अन्तिम मतपरिणामअनुसार साँफेबगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिलोज कुँवर विजयी भएका छन्।

उक्त नगरपालिकामा नेपाली कांग्रेस र समाजवादी तथा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो।

जम्मा १४ वडामध्ये एमाले ३ मा सिमित रह्यो। ९ वडामा कांग्रेस विजयी हुँदा दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भए। स्वतन्त्र उम्मेदवार एमाले र कांग्रेसका बागी हुन्।

मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ।