मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत बिस्तारिकण र शैक्षिक क्षेत्र सुधार पहिलो प्राथमिकता : नवनिर्वाचित अध्यक्ष बिसी

विद्युत बिस्तारिकण र शैक्षिक क्षेत्र सुधार पहिलो प्राथमिकता : नवनिर्वाचित अध्यक्ष बिसी

सुदूर आज

अछाम : तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेसँगै जनपक्षिय प्रथम निर्णय गरेका छन ।

अध्यक्ष डम्बर बिसीले सपथ सहित पदभार ग्रहण गरेपछि उपाध्यक्ष बिमला शाहि, सबै वडाअध्यक्ष, सदस्यलाई सपथ समेत गराएका छन ।

अध्यक्ष बिसीले पदभार ग्रहण गर्दै आगामी ५ वर्षमा वडा नम्बर १ देखि ८ सम्म विद्युत् प्रसारण लाईन विस्तार गरिसक्ने, स्थानीय स्राेतबाट भर्ना भएका पालिका भरका शिक्षकहरुकाे पुर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र कक्षा १० सम्मकाे विद्यालय शिक्षामा कुनै प्रकारकाे शुल्क नलिने र विद्यालयमा विद्यार्थीको संख्या आधारमा एकमुष्ट अनुदान व्यवस्थापन गर्ने निर्णय गर्नु भएको छ ।

आफ्ना हरेक निर्णय जनपक्षीय नै हुने भएकाले सुधार गर्दै लैजानका लागि सबैको सुझाव आवश्यक रहेकाले सबैलाई साथ दिन आग्रह गर्नु भयो ।