मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एसका नयाँ मन्त्री : पर्यटनमा जीवनराम, श्रममा शेरबहादुर, सहरीमा मेटमणि

नेकपा एसका नयाँ मन्त्री : पर्यटनमा जीवनराम, श्रममा शेरबहादुर, सहरीमा मेटमणि

सुदूर आज

काठमाडौं । एकीकृत समाजवादीले पुराना चार मन्त्री फिर्ता गर्दै नयाँ मन्त्री सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजवादीका एक नेताले दिएको जानकारीअनुसार उक्त नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिएको छ ।

जसमध्ये पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ रहनेछन् भने श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ ।

उपमहासचिव विजय पौडेलले दिएको जानकारीअनुसार भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाइने भएको छ उनी बहालवाला स्वास्थ्य राज्यमन्त्री थिए भने मेटमणि चौधरीलाई सहरी विकास मन्त्री बनाइनेछ । त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइनेछ ।