काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय…