मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन : तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट

कांग्रेस महाधिवेशन : तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट


काठमाडौं– नेपाली कांग्रेसको तल्ला तहका संरचनाको अधिवेशन साउन १२ गतेबाट सुरु हुने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले साउन १२ गतेबाट स्थानीय अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।  

शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन ६ गतेबाट वडा तहका अधिवेशन गर्ने प्रस्ताव गरे पनि केन्द्रीय समितिले १२ गतेबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।  

पार्टीको महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म हुनेछ। यसअघि भदौ पहिलो साताबाट गर्ने भनिए पनि महाधिवेशनको मिति ९ दिन पर सारिएको हो।