मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले भन्यो, ‘संक्रमण रोकथामको प्रबन्ध नगरी सरकारले जनतालाई घरमै थुनेर राख्यो’

कांग्रेसले भन्यो, ‘संक्रमण रोकथामको प्रबन्ध नगरी सरकारले जनतालाई घरमै थुनेर राख्यो’


काठमाडौं- नेपाली कांग्रेसले सरकारले सत्ता जोगाउने कवचका रुपमा लकडाउनलाई उपयोग गरेको आरोप लगाएको छ। 

कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहँदा पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले संक्रमण रोकथाम र उपचारको प्रबन्ध नगरी जनतालाई घरभित्र थुनेर राखेको आरोप लगाएका हुन्। 

‘उपचार र रोकथामको प्रबन्ध गरिएन, यदि प्रबन्ध गरेको भए लकडाउन गर्नै पर्दैनथ्यो। जति असन्तुष्ट भए पनि सडकमा निस्कने अवस्था छैन। सत्ताधारीले  सत्ता जोगाउने कवचका रुपमा लकडाउनलाई लिएका छन्,’ उनले भने। 

उपचारमा ध्यान दिनेभन्दा निषेध आदेश मात्रै लम्बाइरहँदा जनतालाई हातमुख जोर्न गाह्रो भएको उनको भनाइ छ। 

जनता उपचार र खान नपाएर प्रताडित बनेका बेला सत्ताधारीहरुले भने सुरक्षित महसुस गरिहेको महतले बताए। ‘जनता उपचार नपाएर र भोकै पनि बसिरहेका छन्,’ उनले भने, ‘जनता आहतमा छन् सरकार राहत महसुस गर्दैछ।’

कांग्रेसको जारी बैठकमा १४औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भइरहेको छ। भदौ ७ देखि सुरु हुने भनिएको महाधिवेशन एक साता पर सार्ने तयारी कांग्रेसको छ।