मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अछामद्धारा बयालपाटा अस्पताललाई औषधी सहयोग

एमाले अछामद्धारा बयालपाटा अस्पताललाई औषधी सहयोग


अछाम : नेकपा एमाले अछामले बयालपाटा अस्पताललाई औषधी तथा अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एमालेले अस्पताललाई १० हजार ट्याब्लेटस् सिटामोल र १ हजार थान माक्स सहयोग गरेको हो ।

नेकपा एमाले अछामका उपाध्यक्ष प्रकाश शाह, नगर कमिटी ईन्चार्ज शिवबहादुर कुँवर शिलोज, जिल्ला सचिवालय सदस्य केशर मियाले सयुक्त रुपमा बयालपाटा अस्पतालका खरिद तथा आपूर्ती शाखा प्रमुख तारामान वोहरालाई हस्तान्त्ररण गरे । सामग्री वुझ्दै शाखा प्रमुख वोहराले अहिले विपत्तिको समयमा स्वास्थ्य सामग्रीले अस्पताललाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

यस अघि नेकपा एमाले अछामले बयालपाटा अस्पताललाई ५० हजार रुपैया आर्थिक सहयोग गरेको थियो । यस्तै जिल्ला अस्पताललाई १० हजार र अन्य पालिकालाई १० हजार गरी ३० हजार सिटामोल सहयोग गरेको जिल्ला कमिटी उपाध्यक्ष शाहले जानकारी दिए ।

नेकपा एमालेले प्रत्येक पालिकामा माक्स वितरणदेखि जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । नेकपा एमालले कोभिड नियन्त्रण सहयोग समूह मार्फत आर्थिक संकलनका माध्यमबाट स्वास्थ्य सामग्री देखि औषधि सहयोग गर्दै आएको हो ।