धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ। बिहिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १६ पुगेको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको थियो। संक्रमण देखिएका प्रहरीको दर्जा भने खुलाईएको छैन्।…