मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुधे बालक काखमा राखेर तुइनको जोखिमपूर्ण यात्रा

दुधे बालक काखमा राखेर तुइनको जोखिमपूर्ण यात्रा


राजेन्द्र बिक, बाजुरा । जिल्लाको बुढिगंगा नगरपालिका ३ कि निर्मला रौलेका ८ महिनाका छोरा छन्। उनी आफ्नो कार्यालयको कामका लागि बिहानै आफ्नो छोरालाइ पिठ्युँमा बोकी २ घण्टा बाटो हिडेर ओलेनास्थित बुढिगंगा नदि किनारमा पुग्छिन्।

बेलिबृज बगाए पश्चात् बुढिगंगा नदिमा निर्माण गरिएको तुइनमा चढेर नदि पार गर्नु पर्ने डरले उनको मुटु थरथर काँप्छ तर डर मानेर के गर्नु त्यहां पुगिसकेपछी तुइन तर्नुको बिकल्प थियन्। बाध्यताले उनी दुधे बालकलाई काखमा राखेर तुइनमा चढिन् जब सम्म उनी तुइन बाट वारि किनार पुगिनन् तब सम्म उनको मनमा डर लागिरहन्छ।

उनलाई आफ्नो भन्दा बढी चिन्ता छोराको हुन्छ। तुइन तरेर वारी किनार पुगिसके पछि मात्र उनले लामो सास् फेर्दै भनिन् हे भगवान बांचियो अब देखी यस्तो यात्रा गर्न नपरोस्।

निर्मला जस्तै सयौं जना आजभोली त्यही तुइनको जोखिमपूर्ण यात्रा गरि रहेका छन्। जिल्लामा साउन २५ गते राती आएको अविरल वर्षाका कारण एक बेलिबृज, एक पक्की पुलसहित आधा दर्जन झोलुङ्गे पुल बाढिले बगाएपछि स्थानीयलाई आवत जावतमा समस्या भइरहेको छ।

उक्त तुइन चढे बापत स्थानीयले ५० रुपैया समेत तिरिरहेका छन्। यतिबेला जिल्लाका विभिन्न गाउँबाट सदरमुकाम मार्तडीमा कामको शिलशिलामा आउने स्थानीयले बाटोमा कष्टपूर्ण यात्रा गरिरहेका छन्।

तुइनको जोखिमपूर्ण यात्रालाई अन्त्य गर्नका लागि सोही ठाउँमा अस्थायी रुपमा काठेपुल बन्न लागेको बडिमालिका नगरपालिका वडा न.६ कि वडा अध्यक्ष कला बडुवालले बताइन्।