कञ्चनपुरका कोरोना संक्रमित युवकको सम्पर्कमा गएका १४ जना सुरक्षाकर्मीको नमुना परिक्षण गरिने भएको छ। भारतको उत्तराखण्डबाट फर्किएका वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको सम्पर्कमा रहेको सिपाहीदेखि सशस्त्र प्रहरी निरिक्षक सम्मका १४ जना सुरक्षाकर्मीको नमुना संकलन गरि परिक्षण गरिने भएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले संक्रमित युवक सहित भारतबाट अवैध बाटो प्रयोग गरी आएका…