काठमाडौं । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन अपनाइने र्यापिड टेस्ट विधिको प्रयोगमा रोक लगाएर पीसीआरको क्षमता र दायरा बढाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ । पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूबीच आइतबार सम्पन्न छलफलपछि कांग्रेसले उक्त माग गरेको हो । कोरोना भाइरसको परीक्षण समुदाय स्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकतामा जोड दिँदै…