मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक बुधबार

नेकपा सचिवालय बैठक बुधबार


काठमाडाैं- सत्तारुढ नेकपा सचिवालय बैठक बुधबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि भाेलि बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको हो।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक साँझ ५ बजे बोलाइएको बताए। अध्यादेश प्रकरणपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ। बैठक त्यसै विषयमा केन्द्रित हुने बताइएको छ। नेकपा शीर्ष नेताबीच विभिन्न गुटगत छलफल भइरहेका छन्।
प्रधानमन्त्री ओलीसँग असन्तुष्ट केही नेताहरुले विवाद समाधान गर्न मन्त्रिपरिषद् सदस्यको हेरफेरदेखि मुख्यमन्त्री परिवर्तनसम्मका प्रस्ताव अघि सारेका छन्।

त्यस्तै केही नेताहरुले पार्टी र सरकारबीच समन्वय नभएको भन्दै ओलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।