मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको साथ छाडेर उद्योग मन्त्री भट्टले भने– प्रधानमन्त्री ओलीको विकल्प छैन्

प्रचण्डको साथ छाडेर उद्योग मन्त्री भट्टले भने– प्रधानमन्त्री ओलीको विकल्प छैन्


काठमाडौँ : उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्। नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टले काठमाडौँको प्राईम टाईम टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवार्ता दिदै प्रधानमन्त्री ओलीको विकल्प नभएको बताएका हुन्।

पूर्व माओवादीको कोटाबाट वर्तमान सरकारको मन्त्रीमण्डलमा रहेका भट्टले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को जोखिम नियन्त्रण गर्ने बेला प्रधानमन्त्रीलाई हटाउने समय नभएको उल्लेख गरेका हुन्।

उनले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच केही समय पहिले पार्टी र सरकार सञ्चालनका सन्दर्भमा भएका सहमतीको स्मरण गर्र्दै भनेका छन्, ‘यतिखेर सरकार परिवर्तन गर्ने आवश्यकता हो की होईन्, दुई नेताकाबीचमा पछिल्लो समय पाँच वर्ष तपाईले सरकार चलाउने (ओली) र कार्यकारी अध्यक्षको हैसियतले पार्टीका काम कारवाही मैले गर्ने सहमती भयो। त्यो सहमती नेताबाटै हामीले जानकारी पाएका हौँ।’

नेकपा भित्र प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दी भएका बेला तत्कालीन माओवादीको कोटाबाट मन्त्री बनेका भट्ट खुलेर उनको पक्षमा बोल्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ। कैलाली क्षेत्र नम्बर ४ बाट  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्ट यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री र २०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपुर्ती मन्त्री बनेका थिए।