मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हजारौँ शहिद परिवारका बगेका आँसुलाई सम्झेर निर्णय गर्न नेता भण्डारीको सुझाब

हजारौँ शहिद परिवारका बगेका आँसुलाई सम्झेर निर्णय गर्न नेता भण्डारीको सुझाब


नेकपाका यूवा नेता शंकर भण्डारीले पार्टी सचिवाय बैठकका लागि सुझाब दिएका छन् । नेता भण्डारी आज साँझ ५ बजे बस्ने बैठकका लागि ९ बुदे सुझाब तयार गरेका छन् ।

नेता भण्डारीका सुझाबका बुदाहरु यस्ता छन् हेर्नुहोस ।

१) २००६ सालमा स्थापना भएको नेपाल कम्यूनिष्ट पार्टी बेला बेला गरी ५५ औँ पटक भन्दम बढी टुटफुट भएकाले ईतिहासको शिक्षा लिदैँ पार्टीलाई एकाताबद्ध बनाउनुहोला ।

२) नेपाल कम्यूनिष्ट पार्टी लाई पार्टीको बिद्यान, पद्धति, बिधि अनुसार अबका दिनबाट पार्टी भल्ने निर्णइ गर्नुहोला जुन व्यक्तीलाई जे मन लाग्यो त्यहि बिधी बिद्यान नगर्नुहोला ।

३) पार्टी बिधी, बिद्यान, पद्धति तलका कार्यकर्तालाई माात्र लागु हुने माथिका नेताहरुलाई जे गरेपनि हुने निर्णय नगर्नुहोला । बिधि बिद्यान पद्धिती सबैका लागि समान हो ।

४) नेपाली श्रमजिवी, सर्बहारा बर्गको लागि पार्टी स्थापना गर्न संस्थापक नेताहरु पुष्पलाल लगायत सबै नेताहरुले देखेको सपनालाई ध्यान दिएर निर्णय गर्नुहोला ।

५) लाखौँ कार्यकर्ताले पसिना बगाएर, रगत बगएर निर्माण गरेको पार्टी हो । ति नेपाल कम्यूनिष्ट पार्टीका ८ लाख भन्दा बढी पार्टी सदस्यहरुको भावनालाई सम्झेर निर्णय गर्नुहोला ।

६) आफ्नो शरिरका बिभिन्न भागहरु जस्तै आँखा, हात, खुट्टा गुमाएर नेपाल कम्यूनिष्ट पार्टी निर्माणका लागि जिन्दगीभर अपागं भएका, शरिरका विभिन्न भागमा गोली लागेर घाईते भएका, हालसम्म गोलीका छर्राहरु निकाल्न समेत नसकेका हजारौँ कार्यकर्ताहरुलाई सम्झेर निर्णय गर्नुहोला ।

७) नेपाल कम्यूनिष्ट पार्टीलाई देशकै बलियो पार्टी, शक्तीशाली पार्टी बनाएर तपाईहरुलाई महा नेता, देशकै प्रधानमन्त्री, मन्त्री साँसद बनाउने हजारौँ शहिदहरुको सपनालाई र उहाँहरुका परिवारका आँखाबाट बगेका आँसुहरुलाई सम्झेर निर्णय गर्नुहोला ।

८) दुईवटा ठुला कम्यूनिष्ट पार्टीको एकतालाई चाँडो भन्दा चाँडो ट्ुंग्याउन हाल देखिएका बिबादहरु, समसयाहरुको समाधान गरी देश र पार्टीलाई बलियो बनाउने गरी निर्णय गर्नुहोला ।

९) कोरोना भाईरसबाट ग्रसित नेपाली जनतालाई प्रत्यक्ष राहत हुने गरी राहतका प्याकेज ल्याएर सम्पुर्ण नेपाली लाई नेपाल कम्यूनिष्ट पार्टी र नेपाल सरकारलाई बिश्वस्त गर्ने बातावरण निर्माण गर्नुहोला ।

शंकर भडारी
नेपाल कम्यूनिष्ट पार्टी

सुदूरपश्चिम प्रदेश सदस्य