प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमतिको सरकार र मध्यावधि चुनाव पार्टीको माग नरहेको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार र मध्यावधि चुनावबारे पार्टीलाई जोडेर अतिरञ्जित व्याख्या गरिएको उल्लेख गर्दै सहमतिको सरकार र चुनाव अहिले पार्टीको माग नरहेको प्रष्टिकरण दिएका हुन्। केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाएर जाने…