मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना रोकथाम कोषमा संघीय संसद सचिवालयको एक करोड

कोरोना रोकथाम कोषमा संघीय संसद सचिवालयको एक करोड


संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

आज पठाईएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम हो ।

यस्तै नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थायी तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदाकनको रकम पनि पठाईएको छ ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदहरुले कोषमा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ। – nepal samaya