मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्टिमा डाक्टर ब्यवस्थापन बारे सांसद थापाद्धारा मन्त्रीलाई ध्यानार्कषण

कोल्टिमा डाक्टर ब्यवस्थापन बारे सांसद थापाद्धारा मन्त्रीलाई ध्यानार्कषण


पदमबहादुर सिंह / बाजुरा २९ चैत्र- बाजुराबाट प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग भेट गरेका छन् ।

भेटमा प्रतिनिधि सभा सदस्य थापाले एक बर्षसम्म बाजुरा जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको बारे ध्यानाकर्षण गराएको थापाका स्वाकीय सचिब सुरेश रोकायाले जानकारी दिएका छन् ।

बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रको चार स्थानिय तह र कार्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहलाई सेवा दिदै आएको स्वास्थ्य केन्द्रमा डाक्टर नहुदा त्यस क्षेत्रका ५० हजार जनस्संख्या स्वास्थ्य उपचार सेवाबाट समस्यमा रहेको कुरा जनाकारी गराएको रोकायाले बताए ।

कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी समयोजन भएर गएपछि कोल्टि डाक्टर बिहिन बनेको हो । डाक्टर नहुदा सामान्य खाले बिरामीहरुलाई पनि जिल्ला अस्पताल तथा अन्या ठाउमा रिफर गर्ने परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भेटमा थापाले दुर्गम क्षेत्रलाई कोरोना विरुद्धको खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री र अन्य औषधी औजार उपकरण वितरण बिषयमा प्राथमिकतामा राख्न मन्त्री स्तरीय पहल थालेका हुन् ।

आयातित सामाग्री पनि सुगम क्षेत्र र शहर बजारमा मात्र सीमित गर्ने, दुर्गम जिल्ला र क्षेत्रलाई कम प्राथमिकतामा राख्ने काम भइरहेको गुनासो बढेपछि थापाले प्रत्यक्ष भेट गरेका हुन् । एकै दिन तीन जनामा नोबेल कोरोना संक्रमण देखीए पछि सुदुरपश्चिम प्रदेश नोबेल कोरोनाको उच्च जोखिममा रहेको छ । हाइ अलर्टमा रहेका स्वास्थ्यकर्मीलाई, स्वास्थ्य सामाग्री प्रयाप्तताको लागी पहल गरिएको बताएको छ । थापाले स्वास्थ्य सामाग्री पठाउन अनुरोध पछि तत्काल प्राथमकितामा राखेर पठाउने आश्वास मन्त्रीबाट आएको बताएका छन् ।

भेटका क्रममा सुदूरपश्चिम क्षेत्रको सीमा नाकामा अलपत्र परेका नेपालीको गास बासको अवस्था बारे पनि सरकार गम्भीर हुनु पर्ने माग राखेका छन् । भने कुटनीतिक पहलबाट नेपाल ल्याएर नेपालकै सीमामा क्वारेन्टाइन बनाएर राख्ने खालको वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन् ।