मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त गभर्नरको पहिलो निर्णय : कोरोना प्रभावको अध्ययन गर्न समिति बनाउने

नवनियुक्त गभर्नरको पहिलो निर्णय : कोरोना प्रभावको अध्ययन गर्न समिति बनाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाबाट पद तथा गोपनियताको सपथ गरे लगत्तै राष्ट्र बैंक पुगेर अधिकारी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त अधिकारीले कोरोना भाइरसको असर अध्ययन गर्न एउटा समिति बनाउने पहिलो निर्णय गरेका छन् । उक्त समितिले नीतिगत व्यवस्था गर्न सुझाव समेत दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

नवनियुक्त गभर्नर अधिकारीलाई डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठसहित कर्मचारीले स्वागत गरेका थिए ।