मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली-मोदीबीच टेलिफोन- कोरोनाविरूद्धको सहकार्यलाई सशक्त बनाउन सहमति

ओली-मोदीबीच टेलिफोन- कोरोनाविरूद्धको सहकार्यलाई सशक्त बनाउन सहमति


प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको छ।

कुराकानीका क्रममा कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको ओलीले जानकारी दिएका छन्।

‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्,‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

मोदीले ओलीसँग कोभिड-१९ का कारण सिर्जित अवस्थाबारे छलफल भएको बताएका छ।

ट्वीट गर्दै उनले भनेका छन्-यो चुनौतीसँग जुध्न नेपाली जनताले देखाएको दृढताको प्रशंसा गरे। कोभिड-१९ विरूद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं। ‍- setopati