काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ। वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसले जनाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सानेपामा बस्नेछ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले आवश्यक रणनीति तय गर्न बैठक बोलाएको हो। कांग्रेसले स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने…