मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् काेलम्बिया फुटबल टिमका पूर्वकप्तान रेनकाेन

रहेनन् काेलम्बिया फुटबल टिमका पूर्वकप्तान रेनकाेन


कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो । 

कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा रिनकोनको टाउकोमा गम्भीर चोट लागेको थियो । रिनकोनले चलाएको कार बससँग ठोक्किँदा दुर्घटना भएको थियो ।

रिनकोनको उपचारका क्रममा निधन भएको इम्बानाको क्लिनिकका मेडिकल डाइरेक्टर लौरेनो क्विनटेरोले जानकारी दिएका छन् ।   

रियल मड्रिडका पूर्व मिडलफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए । उनले काेलम्बियाबाट सन् १९९०, १९९४ र १९९८ मा गरी तीन पटक विश्व कप खेलेका थिए ।