मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिम्मेवारी पाए मंगलसेनलाई नमुना नगर बनाँउछु : बिनोद थापा

जिम्मेवारी पाए मंगलसेनलाई नमुना नगर बनाँउछु : बिनोद थापा

"अमेरिकाको बसाई त्यागेर अछामको समाजसेवामा सक्रिय हुदैँ थापा"


अमेरिकाको बसाई त्यागेर अछामको समाजसेवामा सक्रिय हुदैँ थापा

अछाम । नेपाली कांग्रेस अछामका युवा नेता बिनोद कुमार थापाले यतिबेला गाँउ गाँउमा पुरिगरहेका छन् । जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिकाका हरेक टोल तथा बस्तीहरुमा पुगेर त्यहाँ जनता तथा समाजका समस्याका बारेमा जानकारी लिईरहेका छन् ।

आफ्नै गाँउ ठाँउ र समाजको विकास तथा जनताका समस्या समाधान गर्न भनरे उनि क्रियाशिल भईरहेका छन् । मंगलसेन नगरपालिका बस्ती स्थायी घर भएका बिनोद कुमार थापा केही बर्ष अघि अछामबाट डिभी परेर अमेरिका गएका थिए । तर उनले अमेरिकााको बिलासी जीवन त्यागेर आफ्नै जिल्लमा फर्किएका छन् ।

अमेरिकामा मासिक ५ लाख बढी कमाई त्यागेर उनी समाजसेवा गर्न उद्देश्यले अछाम फर्केका छन् । उनि नेपाली कांग्रेसको राजनिति मार्फत अछाम जिल्ला र खासगरी मंगलसेन नगरपालिकालाई एक नमुना नगरका रुपमा विकास गर्ने खाका साथ अछाम फर्केको बताउछन् ।

म यत्तिकै अमेरिका छोडेर आएको होईन् उनले सुदूरआज संग भने म समग्र अछाम जिल्लाको विकास तथा जनताका पिर मर्का समाधान गर्न र जिल्लाको मंगलसेन नगरलाई उत्कृष्ट नगर बनाउन अछाम फर्केको हुँ ।

उनि भन्छन् राजनिति भनेकै बिसुद्ध समाज सेवा हो, म सेवा गर्नकै लागि यस क्षेत्रमा प्रबेश भएको हुँ, अछामी माटो, जनता, समाज र देशका लागि आफ्नै जन्म भुमिमा योगदान दिन अब क्रियाशिल हुनेछु । जन नायक बिपीले अंगीकार गरेको समाजवादको नितिलाई जनस्तर सम्म लागु गर्ने आफ्नो मुख्य एजेण्डाका साथ आफु गाँउ फर्केको नेता थापाको भनाई छ ।

पत्रकारीतामा रहदँ समेत अमिट छाप छोडेका थापाको सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियता ।

जनस्तरमा बलियो पकड भएका थापाले यसअघि पनि समाज रुपान्तरण र शुसासनका पक्षमा उल्लेख काम गरेका थिए । पत्रकारिता तथा समाजशास्त्र बिषयमा मास्र्टस् (एमए) गरेका थापाले जिल्लामा २ दशक पत्रकारीता गरेर जिल्लाको पत्रकारीताको जग निर्माण गर्दै रेडियो रामारोशनको स्थापना गर्न संस्थापक भएर महत्वपूर्ण योग्दान दिए ।

उनले जिल्लाको विकास निर्माण, सामाजिक परिर्वतन, सरसफाई युक्त जिल्ला, खुल्ला दिशा मुक्त जिल्ला गराउन समेत योग्दान दिएका थिए भने कुसंस्कार, कुरिती, छाउपडी प्रथा, छुवाछुत प्रथाका बिरुद्ध समेत पत्रकारीताको माध्यमबाट उल्लेख काम गरेका थिए ।

पत्रकारीता मार्फत समाज परिर्वतन, सुशासन, विकास निर्माणका पक्षमा र कुरिती, कुसंस्कारका बिरुद्धमा बुलन्द आवाज गर्दै सामाजिक क्षेत्रमा समेत उनले एक अमिट छाप बनाएका छन् । उनले समाज परिर्वतन, सुशासन र सामाजिक न्याय कायम गराउन खेलेको भुमिकाका कारण समुदायका हरेक नागरिकसंग उनी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निकट छन् ।

संचार माध्यम मार्फत उनले समग्र अछामको आवाजलाई बुलन्द पारेर जिल्लालाई राष्ट्र सामु चिनाउन खेलेको भुमिकाको अहिले पनि प्रशंसा हुन्छ । सकरात्मक सोचका धनी व्यक्ती थापा विकास र समाज परिर्वतनका लागि राजनिति भन्दा माथी उठेर जनताको जीवन परिर्वतन र सामाजिक रुपान्तरण गर्न भाषण होईन काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

उपेक्षित, उत्पिडित वर्ग र पछि परेका समुदायको पक्षमा बोल्ने थापा निजि स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा काम गर्नुपर्छ भन्ने र परिणममुखी काम गर्ने उनको बिशेषता हो ।