मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले नै हामी सजग भएनौँ भने कहिले हुने ?

अहिले नै हामी सजग भएनौँ भने कहिले हुने ?


  • हिम बहादुर बिश्वकर्मा

हामी नागरिकहरुले आफ्नो पसिना बगाई कमाई गरेको रकमबाट जीवन आवश्यक चिजवस्तुको जोहो गर्न खर्च गरिरहेको पैसाबाट हामीलाई थहा नहुने गरी केही पैसा राज्यले हाम्रो भविष्यको बचतका लागि अप्रत्यक्ष करको रुपमा राज्य कोषको ढुकुटीमा जम्मा गर्ने गरेको हुन्छ ।

अर्कोतिर हामी नागरिकहरू हाम्रो योग्यता, क्षमता, दायरा वा सेवाको प्रकृति अनुसार हुने आम्दानीबाट राज्यले निर्धारण गरेको नियमानुसार प्रत्यक्षकर तिरिरहेको हुन्छौं । राज्यले हाम्रो भविष्यलाई थप सुखी, समृद्ध र सुनौलो बनाउन हाम्रो कमाईबाट वर्षैपिच्छे हाम्रै आवश्यकताहरुलाई परिपूर्तिगर्न करको रुपमा रकम बचत गरिदिएको हुन्छ ।

उक्त रकम राज्यले बर्षैपिच्छे हाम्रा आवश्यकतामा आधारित योजनाहरु निर्माण गर्न । प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रणालीको प्रतिस्थापना गर्न । व्यवहार परिवर्तन संगै सभ्य, शिष्ट र मर्यादित समाजिक विकासको पाटो बलियो बनाउन । सामाजिक, भौगोलिक तथा पर्यावरणीय अवस्थितिका आधार प्रतिफलमुखी जीविकोपार्जनका क्रियाकलापहरुको सञ्चालन र व्यवस्थापन गर्न ।

नागरिकको जीवन सहज, सरल र सुरक्षित बनाउन सडक, यातायात, खोनपानी, सिचाई, बिजुली, सञ्चार विस्तार तथा भौतिकपूर्वाधार संरचनाहरुको निर्माण गर्न । आवश्यकतामा आधारित ज्ञान, सिप र क्षमता विकास गतिविधि जस्तै तालिम, गोष्ठि, कार्यशाला आदीको आयोजना गर्न सार्वजनिक (हामी सबैको साझा पैसा) वित्तको व्यवस्थापन, कार्यान्वयन, सञ्चालन र सम्पादन गर्ने जस्ता हरेक गतिविधिमा हामी सबै नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गराई सरकारका हरेक गतिविधिलाई अनुशासित र सुशासित बनाउन सेवाप्रदाय निकाय र सेवाग्राही बीच परस्पर सम्बन्धमा स्थापित गरी इमान्दारीता, जिम्मेवारीता, पारदर्शिता तथा जवाफदेहिताको भावना सुनिश्चित गर्र्नका लागि नै राज्यले हामीलाई करको रुपमा लिएको हाम्रो पैसा वार्षिक बजेटको रुपमा हरेक वर्ष उपलब्ध गराई रहेको हुन्छ ।

के यो कुरा हामी सबैलाई थहा छ ? यदि थहा छ भने ! किन हामी हाम्रो आफ्नै पैसालाई सरकारको पैसा भन्दै मुखदर्शक भएर बसिरहेका छौ त ? यदि हामीलाई यो कुरा थहा छैन भने ! हामीले माथि उल्लेखित कुराबारे जानकारी राख्न पाउने हाम्रो अधिकार तथा सरोकारको विषय होला कि नहोला ? हो यदि सबै कुराको जानकारी पाउँने हामी नागरिकको अधिकार छ भने ! राज्यले हामीलाई वर्षैपिच्छे उपलब्ध गराउदै आईरहेको हाम्रो बजेटको सदुपयोग वा दुरुपयोग के कसरी भईरहेको छ ?

हाम्रो पैसा आमनागरिकको साझा नतिजामुलक विकासका क्षेत्रमा पारदर्शीरुप तरिकाले खर्च भईरहेको छ वा छैन ? यो अवस्थाको निर्कौल गर्न तपाई हामीले निगरानी राख्नु पर्छ कि पर्दैन ? हो, यदि नागरिकको आवश्यकतामुखी विकासका लागि राज्यबाट विनियोजित बजेट तथा मार्गदर्शन बारे हामीलाई जान्न पाउने हक छ भने ! के हामीलाई हाम्रो नाममा हाम्रो गाउँमा के कति पैसा आयो र कता खर्च भयो ? खर्च भएको पैसाले आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा के कस्तो उपलब्धी हासिल भयो ?

नागरिकको सेवामा समर्पित जनप्रतिनिधीहरुले हाम्रो बजेट निर्धारित नीति नियमको परिधी भित्र रहेर खर्च गरिरहेका छन त ? नागरिकको नाममा आउने बजेट उत्पादक वा अनउत्पादक क्षेत्रमा के कसरी ? के कति खर्च भएको छ भन्ने बारे हामीलाई जानकारी छ त ? हाम्रो सहभागितामा बजेट के कसरी, कुन–कुन क्षेत्रमा वितरण गर्नु पर्छ भनि सोधिएको छ वा गरियो भन्ने विषयमा जानकारी दिन समय तालिका अनुसार सार्वजनिक सुनावाई र समिक्षा गरी पारदर्शिता सुनिश्चित गर्ने कुरामा सरकार समवेदनशिल रहेको कुरा हामीलाई महसुश भयो त ?

यदि छ भने के–के महशुस भयो ? यदि, भएन भने माथिको कुरामा फेरी फर्केर हेरौं एकपटक समिक्षा तथा मूल्याकंन गरौं । सोचौं मनन् गरौ के हामीले हाम्रो विकासका लागि हाम्रा र राम्रा भनि अमूल्य विचार (मत) दिएर निर्वाचित गरिपठाएका जनप्रतिनीधिहरुले हाम्रो सुनौलो भविष्यका लागि साच्चै उत्तरयादी भएर काम गर्न सके वा सकेनन् भन्ने कुराको आत्म समिक्षा गरौ ? पुन: संवेदनशिल भएर सोचौं परिकल्पना गरौं । भावि दिनहरुमा हाम्रो विचारलाई आमसमुदाय विकासको क्षेत्रमा सार्थकता बनाउन ध्यान केन्द्रित गरौं ।

अनावश्यक बहस नगरौं, सानो लालच, लोभ, प्रलोभनमा नपारौं । राम्रा त भएनन् तर हाम्रा हुन भनि संरक्षण गरिरहने परिपाटीको अन्त गरौं । किनभने तपाई हामीलाई आफ्नै पैसाको बारेमा त जानकारी छैन ? भने, फेरी निर्णायक पदमा तिनी व्यक्तिहरु पुन: दोहोरियो भने के इमान्दारिता, जिम्मेवारीता, पारदर्शिता, जवाफदेहिता सहित सुशासन स्थापित हुन सक्ला र ? एकपटक हामी यो कुराको समिक्षा गर्न न चुकौं ।

तत्पश्चात हाम्रालाई भन्दा राम्रालाई आफ्नो जन प्रतिनिधि बनाउन पहल गरौं । ताकि हाम्रो मतले कुनै व्यक्ति, परिवार नभई समग्र समाजलाई समानता तथा समतामुखी विकास मार्गमा मुलप्रवाहीकरण गर्न टेवा पुगोस र हामीलाई वास्तविक संघीयताको आभास महशुस गर्ने अवसर प्राप्त होस । तब संघीयताको व्याख्या, परिभाषा र मर्मले महत्व प्राप्त गर्नेछ । जसकारण, हामीले सारै संवेदशिल, सजग र सर्तक भएर हरेक कुराको गहन विश्लेषण गरेर मात्र निर्णय लिन आवश्यक देखिन्छ ।

किन भने ? हाम्रो भविष्य हाम्रो आफ्नै हातमा छ । अबै हामी सजग भएनौ भने कहिले हुने । हरेक कुराको परिवर्तनमा हामीले जोड न दिए कस्ले दिने । नागरिक नै हरेक क्षेत्रको परिवर्तनका वाहक हुन्छन् । तसर्थ, हरेक गतिविधिलाई स्थिर भएर निहालौं, मनन् गरौं र अठोट निर्णयका साथ अगाडी बढौं । हामीले नगरे कसले, अब न गरे कहिले गर्ने । नागरिकको वास्तविक पहिचान भनेको गलत कुरालाई रोक्ने र असल कुरालाई आत्मसाथ गर्ने नै हो । होईन र ? धन्यवाद !

लेखक : बिस्वकर्मा सामाजिक अभियन्ता तथा मालिका विकास संघ अछामका अध्यक्ष हुन्