मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पहल गर्छु : मन्त्री शर्मा

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पहल गर्छु : मन्त्री शर्मा


काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभएकाे छ ।

आज बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेलगत्तै मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालयको पदभार ग्रहण गर्दै कोइरालाले शान्ति प्रक्रियाका पूरा गर्न बाँकी काम टुङ्ग्याउन पहल गर्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘हिजो म फरक भूमिकामा थिएँ । आज सरकारकाे तर्फबाट ती कामहरू पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरूलाई सम्पन्न गर्ने सरकारकाे दायित्व हो ।’

नवनियुक्त मन्त्री कोइरालाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरू लगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।