मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत २६ गतेभित्र स्थानीय तहको रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

चैत २६ गतेभित्र स्थानीय तहको रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन


काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ ।

बुधबार समितिका संयोजक रामचन्द्र पौडेले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई रिर्पोट बुझाउन निर्देशन दिएको हो । 

“तल्लो तहमा विभिन्न संयन्त्र बनेका छन् । बैठक बसेर त्यहाँको स्थितिका बारेमा रिर्पोट कलेक्सन गरेर २६ गतेभित्र पठाउने भन्ने कुरा भएको छ,” माओवादीका नेता देव गुरुङले भने ।

गठबन्धनले पालिकासम्म चुनावी तालमेल संयन्त्र बनाउने तयारी गरेको छ ।