‘पानी जति धेरै खायो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ,’ यस्ता सल्लाह खुब पाइन्छन्। पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। तर, पानीबारे यस्तो सोचाई सधैं थिएन। उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली पानी खानु राम्रो मान्दैनथे। गरीबले पानीले पेट भर्छन् भन्ने सोचाई हुन्थ्यो उनीहरुको। तर, अचेल मानिसहरु निकै पानी खाइरहेका…