मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि


काठमाडौं : नेपालमा अर्को कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको छ। नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवतीमा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार यी युवतीसमेत बागलुङकै हुन्। यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्। बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको हो।

सरकारले बुधबासम्म १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेको थियो। जसमा ५ जनामा कोरोना पुष्टि भएको थियो। उपत्यका बाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण भएको छ।

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। ति युवक उपचारपछि निको भइसकेका छन्। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा चैत १० गते कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको हो। – annapurna