मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ। यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार…