मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना


ठूलो पानी पर्ने सम्भावना भएका स्थानमा बाढी र पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश २ र वाग्मती प्रदेशका एक दुइ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ  ।

विभागले आज राति प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा धेरै भारि वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ  ।

धेरै भारी वर्षाको समेत सम्भावना रहेकाल उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने र दैनिक जीवनसँगै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।