मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनौला हजार दिनका आमालाइ कुखुराका चल्ला वितरण

सुनौला हजार दिनका आमालाइ कुखुराका चल्ला वितरण


अछाम : जिल्लाको कमलबजार नगरपालिका वडा न. ९ मष्टाबण्डाली र वडा न. ६ बिरपथामा सुनौला हजार दिनका आमाहरुलाइ कुखुराका चल्ला वितरण गरीएको छ ।

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत कमलबजार नगरपालिका वडा ९ मा ६० जना र वडा न. ६ मा ६० जना गरी जम्मा १२० जना सुनौला हजार दिनका आमा हरुलाइ ६०० कुखुराका चल्ला बितरण गरीएको छ ।

बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल सदस्य सुरत बुडथापा ,लक्ष्मि सुनार, नायब सुब्बा ज्ञानेन्द्र बुडथापा कमलबजार नगरपालिका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादु बिष्ट,वडा न. ९ का अध्यक्ष दुर्गा बजगाई,पोषण कार्यक्रमका फोकल प्रसन टेक बहादुर बिष्ट, पसु साखा प्रमुख देबेन्द्र साहि,पोषण कार्यक्रमका स्वयम सेबक दुर्गा सिजापति ,बिरपत स्वास्थ्य चौकिका इन्र्चाज आसिका तामाङ रेडियो कमलबजारका समाचार प्रमुख पबित्रा खडका, लगायतको सहभागिता रहेको थियो ।

बितरणमा सहभागि हरुले कुखुराका चल्ला पालि अण्डा उतपादन गरेर खान सुनौला हजार दिनका आमा हरुलाइ सुझाब दिएका छन ।