मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कति प्रश्न साेधेकी भनेर नभन्नु है ?

कति प्रश्न साेधेकी भनेर नभन्नु है ?


  • लक्ष्मी बोगटी

देश र जनता दुवै विचकाे फरक मलाई त्यति ज्ञान छैन, मैले सानैदेखि एउटा प्रश्नको जवाफ खाेजिरहेकि छु देशले जनता बनायाे या जनताले देश ? तपाईंलाई थाहा छ भने कृपया झर्काे नमानि लेखिदिनुहाेस है । मेराे अनुराेध सबै-सबै लाई । मुलुककाे समग्र विकासका लागि एउटा नयाँ विचारकाे थालनि अहिलेकाे वर्तमान समाजकाे आवश्यकता हाे, जस्ताे-देश विकासका लागि कुन चाहिँ महत्त्वपूर्ण छ, राजनिती विकास, आर्थिक विकास,वैचारिक विकास आदि आदि ।

मलाई यी सबै शब्द एक अर्काका परिपुरक जस्तै लाग्छन जसरी खानामा दाल, तरकार,चटनी,अचार,सलादआदि व्यन्जन मिसाई मिठाे स्वाद लिएर सन्तुलित भएझैं देश विकासका लागि पनि सबैकाे स्वास्थ्य मिक्षण नै महत्त्वपूर्ण पाटाे हाे जस्ताे लाग्छ यदि गल्ति भए क्षमाप्रार्थी छु। यदि कुनै कुराकाे कमि भयाे भने साना तिना विरोध, झगडा, लफडा, जयजयकार याे सामान्य कुरा नै हाे । किनकि याे मानवीय प्राणि बस्ने समाजमा यतिकाे नहुदा न काेहि बलियाे हुन्छ न कमजाेर ।

मलाई जानकारी गराउनुहाेस महिला पुरूष बराबर भन्ने समाजमा कहाँ त्यस्ताे जलन्त उदाहरण छ भने सुनाै, सिकाै, बुझाै किनकि याे यात्रा हाे जसले जहाँबाट जाे सँग सिक्दा पनि हुन्छ । समयले मानिस बदलिँदो रहेछ वा मानिसले समयलाई बदल्छ ? यसकाे बारेमा पनि मैले चाहेजस्तो उत्तर न भेटाए, न आशा मारे जिवित छ उत्तर पाउने तर कति प्रश्न साेधेकि भनेर नभन्नु है किनकि म सँग लागेका कुरा तपाईं सँग उत्तर छ हाेला भनेर है त ।

परिवर्तनकाे विगुल बजाईदिने काे ? जयजयकार गरिदिने चाहिँ काे ? असल र समाजकाे प्रतिनिधित्व गर्ने जनप्रतिनिधि कस्ताे ? समाजले चुन्ने व्यक्ति कुन संस्कारकाे ? पछि आउने पुस्तालाई सिकाईएकाे संस्कार कस्ताे ? अबकाे ५/१०/१५/२० वर्ष पछि समाजकाे स्तर कहाँ पुग्छ त्याेआर्थिक, मानसिक, शैक्षिक, भावनात्मक यी सबैसबै जाे आधारभूत आवश्यकता अन्तरगत पर्दछन ?

एउटा ३ वर्षिय छाेरी ८० वर्षिय नालायक बाट बलत्कार हुन्छे, एउटा १५/१६ वर्षकाे नारी महिनाबारी भएकाे बेला गाेठमा बसि नरपिचाशकाे सिकार हुन्छ, छाेरा नपाएकाे निहुमा दिनदिनै यातना खेपिरहेका ती नबुझक आमा ? यी सबैकाे जिम्मेवारी काे ? याे समाज बनाउने ठेक्का कस्काे हाे ? सँगसँगै जन्मिएका,एउटै माटाेमा लडिबुढि खेलेका दुई बाबू नानि काेहि चिटिक्क काेहि पिटिक्क किन ? समाजले चाहेकाे समाजबाद,जनवाद, माओबाद बहुदलीयवाद कस्ताे त ?

लेखक बोगटी नेविसंघ अछाममा