मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानका उपराष्ट्रपतिसहित दुई मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

इरानका उपराष्ट्रपतिसहित दुई मन्त्रीलाई कोरोना भाइरसको संक्रमण


इरानका उपराष्ट्रपति इसक जहानगिरीसहित दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। उनीहरु हालका दिनमा उच्चस्तरिय बैठकहरुमा देखिएका थिएनन्। अन्तराष्ट्रिय मिडियाहरुले उपराष्ट्रपति जहानगिरी भाइरसबाट संक्रमित भएको उल्लेख गरेका छन्। जहानगिरी इरानका बहालवाला १२ उपराष्ट्रपति मध्ये पहिलो हुन्।

अन्य दुई मन्त्रीमा सांस्कृतिक सम्पदा तथा पर्यटन मन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योग मन्त्री रेजा रहमानी पनि संक्रमित भएको फार्स न्युन एजेन्सीले जनाएको छ।  मध्यपूर्वी क्षेत्रमा इरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ। विश्वव्यापी रुपमा इरान कोरोनाबाट  प्रभावित हुने तेस्रो मुलुक हो। 

इरानमा गएको २४ घण्टामा ६२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३५४ पुगेको छ। इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९ हजारमा संक्रमण देखिएको छ। सबै ३१ प्रान्तमा भाइरसको प्रकोप फैलिएको छ। अहिलेसम्म वरिष्ठ अधिकारी तथा सांसदसहित ७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएको छ। इरानका उच्च नेता आयतुल्ला अलि खामेनेईले नयाँ वर्ष मार्च २० मा गर्ने वार्षिक सम्बोधन पनि स्थगित गरेका छन्। नयाँपत्रिकाबाट।