मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर दराजको सहयात्री ‘सुदूर आज’

दुर दराजको सहयात्री ‘सुदूर आज’

दुर दराजको सहयात्री - सुदूर आज


विश्वव्यापी रुपमा अहिले सबै भन्दा तिव्र गतिले बिकास भइरहेको क्षेत्र नै संचार हो । तिव्रगतिमा भइरहेको संचारको बिकासले नै आज संसारलाई निकै साँघुरो बनाईसकेको छ । संचारका बिभिन्न माध्यम मध्ये अनलाईन संचारमाध्यमको बिकास र विस्तार पनि सँगसँगै भइरहेको छ ।

अनलाईन माध्यमले पनि अन्य माध्यम जस्तै आम पाठकको मन जित्न सफल भइरहेको छ । संचार क्षेत्रको तिव्र गतिमा भइरहेको बिकासको बीचमा देश विदेश संगै बिशेष गरी सुदूरपश्चिम प्रदेशका आम नागरिकलाई सूसुचित गराउने मुख्य उद्देश्य राखेर ‘दुर दराजको सहयात्री’ सुदूर आज डटकम (www.sudooraaja.com/) हामीले आरम्भ गरेका छौँ । आज देशभरमा संचालित विद्युतिय तथा छापा माध्यमले हाल सम्म समाजमा जुन भूमिका खेलिरहेका छन त्यसमा सुदूर आजले पनि एउटा इटा थप्ने काम अवश्य गर्ने छ ।

आम नागरिकलाई सूचनाको हक बारे सचेत गराउँदै सार्वजनिक महत्वका सूचना नियमति रुपमा सार्वजनिक गरी आम नागरिकलाई जानकारी गराउने बिषयमा सम्बन्धित पक्षलाई सधैँ घच्घच्याउने काममा अग्रपंतिमा रहने यो अनलाईन पत्रिका संचारका साधनहरुको भीँडमा एउटा फरक पहिचान बोकेको पत्रिका साबित हुने छ भन्बने अपेक्नाषा हामीले गरेका छौ ।

स्थानीयस्तरका समस्या पहिचानका साथै समस्या समाधानका उपाय तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काममा यो अनलाईन एक सशक्त संचार माध्यमको रुपमा स्थापित हुने छ भन्ने कुराको आम पाठकलाई विश्वस्त तुल्याउन चाहान्छौ । दुर दराजको सहयात्रीको नारा अंगालेको यस अनलाईन पत्रिकाले आम नागरिकलाई सूसुचित गर्नुका साथै शु–साशन र पारदर्शीताका पक्षमा जनचेतनामुलक सामाग्रीको खोजी गरी प्रकाशन गर्ने छ ।

आमनागरिकको अधिकारको पक्षमा मात्र वकालत गर्ने नभई नागरिकका अधिकारका साथसाथै कर्तव्य पालना गराउने बारेमा समेत यो अनलाईनले नियमित रुपमा कलम चलाउने छ । कुनै पक्ष वा विपक्षमा उभिएर कलम चलाउने नभएर हामी निष्पक्षतामा अडिग रहेर कलम चलाउने कुरा आम पाठक बर्ग समक्ष प्रतिवद्धता समेत जनाउन चाहान्छौ । साथै पाठक बर्गका सकारात्मक सुझावको हामी सदैब उच्च सम्मान समेत गर्नेछौ ।

अध्यक्ष
दीपक बहादुर बिस्ट
सुदूर मिडिया नेटवर्कद्वारा संचालित
सुदूर आज (sudooraaja.com)
सुझाबका लागि हाम्रो ईमेल – [email protected]
https://www.facebook.com/sudooraaja/
https://twitter.com/sudooraaja
https://www.youtube.com/channel/UCDz_TJWr1L-JaXSTdY4EDWQ
https://www.instagram.com/sudooraaja/
https://www.linkedin.com/in/sudoor-aaja-522a491a4/