मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हो ! खासमा त्यही मर्द हुन्छ’

‘हो ! खासमा त्यही मर्द हुन्छ’

जसलाई महिलाको पिडामा दर्द हुन्छ


धिरज कुवँर, अछाम

हाम्रो अछाममा पुरुषलाई ’बैकान’ भन्ने गरिन्छ, बैकान जो बाबुले लगाएको ऋण कटाउला, ठुलो भएपछी बम्बै जाला नासो पठाउला, ६ महिना बर्ष दिनमा आउला, फेरी ३ देखि ४ महिना पछी फेरी बिदेसिएला ।

एक्ली श्रीमतिको भरमा पुरै परिवार छोडेर, जसलाई यो समाजले मेसिन भन्दा बढी कहिल्यै सम्झेन । तपाईलाई थाह छ, मेरो समाज बैकानले चलाउछ जसले परमपराका नाममा छोरीका क्षमता र सम्भाबना जलाउछ्, जसको समाजमा अलगै परिचय छ, जसको खल्तिमा हजार नभए सय छ जो रुनु हुँदैन, कमजोर हुनु हुँदैन ।

मलाई भने न त हिरो, न त रक्षक, न त सुपरम्यान बन्नु थियो, जो रुन सक्छ, कसैलाई सघाउन सक्छ तेस्तो म्यान बन्नु थियो । म नेपालीमा सेन्टी हुन्छु अछामी मा ठाडिभाका गाउछु, टाई बाध्न आउँदैन तर खाना ठिकै बनाउछु ।

तिमीलाई अङ्ग्रेजी आउछ आउँदैन मलाई फरक पर्दैन, तिम्रो जात के हो मलाई फरक पर्दैन । सबैले भन्छन सज्जन बन तर यो भन्दैनन् कि सज्जन बन्नु भन्दा अघाडी जन बन्नु जरुरी छ ।

मेरो समाजमा हरेक छोरा मान्छे छिटो ठुलो हुने बोझले ठुलो हुन्छ आखिर मुटु त उसको पनि ३ सय ग्राम कै हुन्छ तर त छोरा होस त मर्द होस, त बैकान होस भनेर सानै बाट उसको मुटुमा फलामको कभर चढाईन्छ ।

जरुरी छैन कि उसको प्यासन गिटार होस, कुल होस । उसको हातमा केटिका लागी फुल होस, उ सँग भोली कार हुन सक्छ, तर बिग्रेको घरबार हुनसक्छ । होला उसले लगाएको कोट सिलाएको, तर होला आफ्नो घरबार मिलाएको ।

म बच्चा पनि सम्हाल्छु, उनि थाकेर आउँदा उनका लागी चिया उमाल्छु । महिला र पुरुषमा धेरै फरक छ र यो फरक अती सुन्दर छ म यो जान्छु, तर फरक छुट्याउन धेरै ठुलो अपराध मान्छु ।
त्यसैले आफ्नो छोरालाई सधै भन्छु कि महिलाका लागी न त कुर्ची छोड्नु, न त उसका लागी गाडिको ढोका खोल्नु तर जहाँ गलत हुन्छ सबै भन्दा पहिले बोल्नु किनकी जिम गरेर बडी बनाएर बन्दैनन मर्द्, न बढी कमाएर नै बन्छ, न चिल्लाएर, न त आशु लुकाएर नै बन्छन । तपाई चाहे कार्पेट मा सुत्नुस वा रेड कार्पेटमा हिड्नुस ।

उसको महिनाबारीमा पेट तिम्रो दुख्नु पर्छ । उसलाई प्यास लाग्दा गला तिम्रो सुक्नु पर्छ
किनकी

कसै अरुलाई चिसो लाग्दा मन उसको पनि सर्द हुन्छ, जसलाई महिलाको पिडामा दर्द हुन्छ, हो खासमा त्यही मर्द हुन्छ ।।