मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘म त जन्मिएकै दिन मरी सकेको रहेछु ..’

‘म त जन्मिएकै दिन मरी सकेको रहेछु ..’


सिन्दुर बस्यो सिउदोमा खतरा जसरी ।
चुम्नु थियो तिमीलाई भमरा जसरी ।।

बा’ हामीलाई बोकेर सिद्दिएका हुन ।्
रुखलाई बोकेर सिद्दियो जरा जसरी ।।

म त जन्मिएकै दिन मरी सकेको रहेछु ।
कुनै सडक छेउको अस्थाई टहरा जसरी ।।

उता प्रदेशमा दाजुको आशु सुक्दै होला ।
यता थालीमा सुक्दैछ जमरा जसरी ।।

राम अविरल बिस्ट